काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य आदील आलम र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले आदील र महबुबसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिल कार्यालयले आदील र महबुबसहित विरगंजका नितेश गुप्ता, काठमाडौंका नविन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानको आधारमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
सीआईबीले उनीहरुमध्ये आदील, महबुब र नितेशलाई पक्राउ गरेको थियो । नविन र रवि भने फरार प्रतिवादीको सूचीमा छन् ।
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।
आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।
प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो ।
सीआईबीले प्रतियोगितामा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।