काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध स्कटल्याण्डले मध्यम सुरुआत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १५ ओभरको समाप्तीमा २ विकेट गुमाएर ६० रन बनाएको छ । स्कटल्याण्डका क्रिस्टोफर म्याकब्रिड ३० रनमा अविजित रहेका छन् ।
आजको खेलमा नै डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । नामिबियाका लागि रुवेन ट्रम्पेलम्यान र टान्गेनि लुन्गिमेनले समान १/१ विकेट लिएका छन् ।
नामिबिया नेपाल सिरिजको अन्तिम खेलमा जित सहित समाप्त गर्न चाहान्छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो ।
स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहान्छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एकदिवसीय अन्तराष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ ।
स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो ।
नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।