काठमाडौं । घरेलु टोली भारतका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय गुमाउने भएका छन् ।
पारिवारीक कारण रोहितले पहिलो एकदिसीय अन्तराष्ट्रिय गुमाउने भएका हुन् ।
उनको अनुपस्थितिमा टोलीको कप्तानी उपकप्तान हार्दिक पाण्ड्याले गर्ने छन् ।
मार्च १७ मा हुने पहिलो एकदिवसीय अन्तराष्ट्रिय उनले गुमाउने भएका हुन् ।
भारत भ्रमणमा रहेको अस्ट्रेलियाले ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।
