काठमाडौं । नेपालले विश्वकप लिग टू अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा लगातार तीन खेल जितेसँगै अंक तालिकामा समेत फेरबदल आएको छ ।
नेपालले लगातार नामिबियालाई पराजित गरेसँगै ओमानले विश्वकप छनोटमा सिधै स्थान बनाएको छ । नामिबियाले बाकीँ रहेका ३ खेलमा शतप्रतिशत नतिजा निकाले पनि ४३ अंक भन्दा बढी हुदैन । ओमान ४४ अंकमा रहेकोले उसले शीर्ष ३ मा रहेर विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको छ ।
स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ ।
यस्तै ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले नामिबियालाई लगातार दुई खेलमा पराजित गरेसँगै विश्वकप लिग टू को शीर्ष ३ मा स्थान सुरक्षित गरिसकेको छ । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत ओमानले स्थान पक्का गरिसकेको छ ।
नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । बाकी रहेका ३ खेलको प्रदर्शन र अन्य टोलीको नतिजामा उसको आगामी यात्राको तय हुनेछ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । सिधा विश्वकप छनोट खेल्ने सम्भावना समाप्त भईसकेको अमेरिका नामिबियामा आयोजना हुने विश्वकप छनोट प्लेअफको तयारीमा रहेको छ ।
यूएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । बाकीँ १० खेलमा प्रदर्शन र अन्य टोलीको नतिजाको आधारमा यूएईको आगामी यात्राको तय हुनेछ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ ।
बाकीँ रहेको ९ खेल तथा अन्य टोलीको नतिजाको आधार नेपालको यात्रा तय हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।
पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीनमा पर्ने सम्भावना गुमाईसकेको पपुवा न्युगिनी विश्वकप छनोटको प्लेअफको तयारीमा रहेको छ ।