काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल र यूएईसँग खेल्ने पपुवा न्युगिनी(पीएनजी) टोली घोषणा भएको छ ।
असद भालाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो ।
नेपाल अहिले घरेलु मैदानमा जारी रहेको विश्वकप लिग टू को नेपाल,नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजमा व्यस्त रहेको छ । मंगलबार यो सिरिज सकिए लगत्तै नेपाल यूएई भ्रमणमा निस्कने छ ।
यूएईमा नेपालले घरेलु टोली र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।
युएईमा २७ फेब्रुअरीमा नेपालसँग पहिलो खेल खेल्ने पपुवा न्युगिनीले ३ मार्चमा दोस्रो खेल खेल्नेछ ।
त्यस लगत्तै नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी तथा यूएईलाई त्रिकोणत्मक सिरिजका लागि निम्ता दिने छ ।
किर्तिपुरमा १० मार्चमा पपुवा न्यु गिनीसँग पहिलो खेल खेल्ने नेपालले १३ मार्चमा दोस्रो खेल खेल्नेछ ।
नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पपुवा न्युगिनि २८ खेलमा ५ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।
पीएनजीको टोली :