काठमाडौं । अष्ट्रेलियाले दोस्रो टेष्ट जित्नका लागि भारतलाई १ सय १५ रनको लक्ष्य लिएको छ ।
भारतलाई १ रनले पछि पारेर दोस्रो ईनिङ सुरु गरेको अष्ट्रेलियाले १ सय १३ रन मात्र बनाउन सकेपछि भारतले १ सय १५ रनको लक्ष्य पाएको हो ।
पहिलो ईनिङमा २ सय ६२ रनमा अलआउट भएको भारतले अष्ट्रेलियालाई दोस्रो ईनिङमा १ सय १३ रनमा रोक्न सफल भयो ।
अष्ट्रेलियाका लागि दोस्रो ईनिङमा ट्राभिस हेडले ४३ तथा मार्नुस लाबुस्छानेले ३५ रन बनाए । अष्ट्रेलियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि रविन्द्र जडेजाले १२.१ ओभरमा ४२ रन खर्चिएर ७ विकेट लिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए ।
दिल्लीमा शुक्रबारबाट सुरु भएको दोस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली २ सय ६३ रनमा अलआउट भएको थियो ।
अष्ट्रेलियाका लागि पिटर ह्यान्डस्कम र उस्मान ख्वाजाले अर्धशतकीय ईनिङ खेलेका थिए । ख्वाजाले १ सय २५ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रन बनाएका थिए ।
पिटरले भने १ सय ४२ बलमा ९ चौकाको सहयोगमा ७२ रन बनाएका थिए । कप्तान प्याट कमिंस ३३ रनमा आउट हुँदा मार्नस लाबुस्छानेले १८ रन बनाए ।
डेबिड वार्नरले १५ रन बनाउँदा ट्राभिस हेडले १२ रन बनाए ।
भारतका लागि मोहम्मद सामीले ४ तथा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३/३ विकेट लिए ।
भारतले दोस्रो ईनिङमा २ सय ६२ रन मात्र जोड्न सफल भयो ।
भारतका लागि अक्षर पटेलले १ सय १५ बलमा ७४ रन बनाए । विराट कोहली ४४ रनमा आउट हुँदा रविचन्द्रन आश्विनले ३७ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाउँदा रविन्द्र जडेजाले २६ रन बनाए ।
केएल राहुलले १७ रन बनाउँदा आफ्नो १ सयौं टेस्ट खेलिरहेका चेतेश्वर पुजारा भने शुन्य रनमा आउट भए ।
अष्ट्रेलियाका लागि नाथन लायनले २९ ओभरमा ६७ रन खर्चिएर ५ विकेट लिए । म्याथ्यु कुहेन म्यान र टोड मुर्फिले समान २/२ विकेट लिए ।
भारतले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट पनि जितेको थियो ।