काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार नामिबियामाथि ३ विकेटको जित निकाल्दा आसिफ प्लेयर अफ द म्याच बनेका हुन् ।
नामिबियाविरुद्ध आसिफले ८१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । आसिफको एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।
आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए।
९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।