आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिस लगातार दोस्रो पटक टिम च्याम्पियन

शनिबार, २८ माघ २०७९खेलपाटी संवाददाता
पुलिस लगातार दोस्रो पटक टिम च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश २ रजत र ५ कास्य पदकका साथ चौथो भएको छ । गण्डकी प्रदेशले समान २ रजत र २ कास्य पदक जित्दा लुम्बिनीले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ ।

सुुदूरपश्चिमले १ रजत र १ कास्य जित्दा, कर्णाली प्रदेशले १ रजत, प्रदेश १ ले ६ कास्य पदक र मधेश प्रदेशले २ कास्य पदक जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ५ इभेन्टको फाइनल भएको थियो । जसमा पुलिसले २ तथा एपिएफले ३ स्वर्ण पदक जितेको थियो ।

तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका पुलिसकी सुनिता महर्जन (६८ केजी मुनी) को तौल समूहमा र नविन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । बागमती प्रदेशकी विनिता श्रेष्ठलाईले हराउँदै सुनिताले स्वर्ण पदक जितेकी हुन् । एपिएफकी डाएना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते ।

पुरुष ६७ केजीको फाइनलमा आर्मीका सन्नी चौलागाईले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन् । बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्तीमगर कास्य पदक जिते ।

एपिएफकी मनिष चौधरीले ५५ केजी, मोहमद शेखु आलमले ८४ केजी मुनि र सुुवाश घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

लुम्बनी प्रदेशकी बर्षा बुढा मगरलाई हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । आर्मीकी सारदा सुनार र प्रदेश १ कि विद्याकला राईले कास्य पदक जिते ।

८४ केजी मुनिको तौल समूहमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई हराउँदै मोहमद शेखुले स्वर्ण पदक जितेका हुन् । पुलिसका स्वीकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक जिते । ७५ केजी तौल समूहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवाशले स्वर्ण पदक जितेका हुन् । प्रदेश १ का रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते ।

प्रतियोगितामा महिलातर्फ एपिएफ मनिषा चौधरी र पुलिसतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमुख डोजो ललितपुरले सञ्चालन गरेको थियो ।

तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश , ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, गोदवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

Loading ad...
LiNing Ad
पुलिस लगातार दोस्रो पटक टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा