काठमाडौं । आईएफविवि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आईएफविवि) प्रोफेशनल लिगको नेपाल च्याप्टर आईएफविवि लिग नेपालले आयोजना गर्ने च्याम्पियनसिप आगामी फेब्रुअरीमा हुने भएको छ ।
आयोजक आईएफविवि लिग नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फेब्रुअरी १५ र १६ मा आयोजना हुने जनाएको छ ।
च्याम्पियनसिपमा २० भन्दा बढी राष्ट्रले सहभागिता जनाउने आयोजकले जनाएकोछ । जसमा २ सयको हाराहारीमा खेलाडी आउने आयोजकले जनाएको छ । यस च्याम्पियनसिपका लागि विश्व बडिल्डिङका हस्ती बब चिकोरिलो नेपाल आउनेछन् । उनले नै यस च्याम्पियनसिप सञ्चालन गर्ने पनि आयोजकले बताएको छ ।
यस प्रतियोगिता पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । यस प्रतियोगितामा सहभागी हुन् खेलाडीलाई प्रो कार्ड आवश्यक पर्ने हुन्छ । नेपाली खेलाडी सानु गुरुङलाई आईएफविवि प्रोफेस्नल लिगले नेपाल च्याप्टर फेन्चाईज दिएकाले नेपाली खेलाडीका स्वतः यसमा सहभागी हुन पाउने पनि आयोजकले बताएको छ ।
नेपालले यो प्रतियोगितामा चार प्रो कार्ड लिइसकेको छ । यस प्रतियोगितालाई अमेरिकाको लस भेगासमा हरेक वर्ष आयोजना हुने मिस्टर ओलम्पियामा सहभागी हुने बाटोको रुपमा लिने गरिन्छ ।
नेपालसंग मेन्स फिजिक्स , क्लासिक फिजिक्स, मेन्स बडिबिल्डिङ र ओमन्स फिटनेश तर्फको प्रो कार्ड छ ।