काठमाडौं । पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई डीएचएस र लि-निङले प्रायोजन गरेको छ ।
आयोजक ललितपुर टेबल टेनिस क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितालाई डीएचएस र लि-निङले इक्विपमेन्ट पार्टनरको रुपमा प्रायोजन गरेको जनाएको छ ।
यस्तै मेटल शापर र मेटल उडले प्रतियोगितालाई सह-प्रायोजन गरेको क्लबले जनाएको छ । प्रतियोगिताको हस्पिटालिटी पार्टनर यम होटल रहेको आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सम्झना ल्याबोरेटरी क्लिनिक रहेको छ ।
प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित भारत, बेलायत, फ्रान्स र पोर्चुगलबाट गरि २ सय ५६ महिला तथा पुरुष खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितमा पुरुष÷महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुने छ ।
एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेश्रोलाई पाँच हजार रुपियाँबाट पुरस्कृत गरिने छ ।