काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले पहिलो एकदिवसीमा इंग्ल्यान्डलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई २७ रनले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय ९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर २ बलमा अलआउट हुँदै २ सय ७१ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका जासन रोयले १ सय १३ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
डाविड मालनले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान जोस बट्लरले ३६ रन बनाए ।
दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ४ विकेट लिए । सिसन्दा मालागाले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन जोडेको थियो ।
दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले १ सय ११ रनको शतकीय इनिङ खेले ।
डेभिड मिलरले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा क्विनटन डी ककले ३७ रन जोडे ।
कप्तान टेम्बा बाभुमाले ३६ रन जोड्दा हेन्रिच क्लासेनले ३० रन जोडे ।
इंग्ल्यान्डका साम करणले ३ विकेट लिए ।

यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।