काठमाडौं । पाहुना टोली न्युजिल्याण्डले पहिलो टी-ट्वान्टीमा घरेलु टोली भारतलाई हराएको छ ।
राँचीमा शुक्रबार राति भएको खेलमा न्युजिल्याण्डले भारतलाई २१ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ ।
न्युजिल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।
भारतका लागि वासिङ्गटन सुन्दरले ५० रनको अर्धशतकीय इनिङ खेले ।
सूर्यकुमार यादवले ४७ रन जोड्दा कप्तान हार्दिक पाण्डयले २१ रन बनाए ।
न्युजिल्याण्डका मिचेल स्टानर, लकी फर्गुसन र मिखेल ब्रेसवेलले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो ।
न्युजिल्यान्डका लागि ड्रयाल मिचेलले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले ।
डेभोन कोन्वेले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा फिन एलनले ३५ रन बनाए ।
भारतका वासिङ्गटन सुन्दरले २ विकेट लिए ।