काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीयको नयाँ वरीयतामा रोहित ८३ औं स्थानमा यथावत रहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछानेले ४५ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने न्युजिल्याण्डका तिव्रगतिका बलर ट्रेन्ट बोल्टलाई पछि पारेर भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा उक्लिएका छन् ।
एकदिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।