काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।
पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने छन् । एसियन लायन्सले सामाजिक संजालबाट पारसलाई अनुबन्ध गरिएको जनाएको छ ।
लायन्सले पारससँगै थिसारा परेरा,मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरिएको समेत जनाएको छ ।
टोलीले यस अघि उपुल थरंगा तथा अस्गर अफगानलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।
लिगमा वल्र्ड जायन्टस ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिगको तेस्रो संस्करण २७ फेब्रुअरी देखी ८ मार्च सम्म कतारमा आयोजना हुँदैछ ।
