काठमाडौं । ओमानको मस्कटमा जारी २० औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।
पुरुष ४५ वर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले स्वर्ण पदक जितेका छन् ।
दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।
नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् ।
नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र नेपालीहरुको उपस्थिती रहेको खेलाडी दुलालले जानकारी गराए ।