दुलाल र मानन्धरको जोडी फाइनलमा
शुक्रबार, ०६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ को पुरुष डबल्स ४५ वर्ष माथी समूहमा भारतमाथी ३–२ को जित निकाल्दै फाईनल प्रवेश गरेका छन् ।
प्रशिक्षक अनिता महर्जनले मस्कटबाट जानकारी गराए अनुसार दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
फाइनल खेल भोली बिहान ११ बजे रहेको समेत प्रशिक्षक महर्जनले जानकारी गराईन् ।
दुलाल र मानन्धरको जोडी फाइनलमा









-1770087653546.webp&w=3840&q=75)

-1770083994940.webp&w=3840&q=75)
-1770033375229.jpg&w=3840&q=75)


