काठमाडौं । प्रदेश नम्बर-१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटको जित निकाल्दै प्रदेश-१ ले लगातार तेस्रो जित निकालेको हो ।
यस जितसँगै प्रदेश-१ ले सेमिफाइनलमा स्थान बनाएको छ । कर्णालीको यो लगातार तेस्रो हार हो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश-१ लाई ४० रनको लक्ष्य दिएको थियो ।
कर्णालीले दिएको लक्ष्य प्रदेश-१ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गर्यो ।

प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोडिन । काजल श्रेष्ठ १३ रनमा अविजित रहिन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो ।
कर्णालीका रमा बुढाथोकीले १८ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
प्रदेश-१ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १/१ विकेट हात पारिन् ।
जितसँगै प्रदेश-१ ले ३ खेलमा ६ अंक जोडेको छ ।
प्रदेश-१ समूह 'बी' को विजेताको रुपमा अन्शीतिम चारमा पुगेको छ ।
कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिएको छ ।