काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र ग्रान्डमास्टर जावलाखेलबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
बल पोजिसनमा पकड जमाएपनि मनाङले जावलाखेलविरुद्ध गोल गर्न सकेन । जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले उच्च प्रदर्शन गरेपछि मनाङ गोल गर्न असफल भएको हो ।
पहिलो हाफको छैटौं मिनेटमा मनाङका अन्जन बिष्टको प्रहार थापाले मुस्किलले बचाएका थिए ।
यस्तै खेलको १५ औं मिनेटमा कप्तान बिशाल राईले हानेको फ्रिकिक पोलमा लागेर फर्किएको थियो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
प्रतियोगितामा शतप्रतिशत जित आत्मसाथ गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिम तिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा रहको छ ।
शीर्ष स्थानको मनाङको ५ खेलबाट १५ अंक छ । जावलाखेल युथ क्लब ४ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।