काठमाडौं । विश्व भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आइतबार ओमानको मस्कट प्रस्थान गर्दैछ ।
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा संजय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा अनिता महर्जन रहेकी छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।