काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुक्रबारबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा हुनलागेको यो प्रतियोगिता सुनसरीको इटहरीमा आयोजना हुँदैछ ।
उद्घाटनको दिन दुई खेल हुदैछ । पहिलो खेलमा मधेश प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् खेल बिहान ९ बजे सुरु हुनेछ ।
आजको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुँदैछ । दुवै खेल जनता क्रिकेट पार्कमा हुनेछ ।
प्रतियोगिताको फाईनल खेल माघ ७ मा रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।
यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।