काठमाडौं । नेपाली टेबलटेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने विश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
भेट्रान टोलीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. ओलीले एक कार्यक्रमविच बिदाइ गरे ।
टोली आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।