काठमाडौं । घरेलु टोली भारतले श्रीलंकाबाट २ सय १६ रनको लक्ष्य पाएको छ ।
कोलकतामा रहेको इडन गार्डेनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९.४ ओभरमा अलआउट हुँदै २ सय १५ रन मात्र बनाउन सक्यो ।
पाहुना टोलीका लागि नुवानिडु फर्नान्डोले ५० रनको अर्धशतकीय ईनिङ खेले । आजको खेलबाट नै डेब्यु गरेका उनले ६३ बलमा ६ चौका प्रहार गरे ।
१ सय २ रनमा दोस्रो विकेट गुमाएको पाहुना टोलीले थप ८ विकेट १ सय १३ रन बनाउँदा गुमायो ।
कुशल मेन्डिसले ३४ रन बनाउँदा डुनिथ वेललेजले अविजित रन बनाए । वानिन्दु हसरंगाले २१ रन बनाए । आभिष्का फर्नान्डो २० रनमा आउट हुँदा कुसन रन्जिथा १७ रनमा अविजित रहे । चमिका करुणारत्ने १७ रनमा नै आउट भए ।
घरेलु टोलीका लागि कुलदिप यादव र मोहम्मद सिराजले समान तीन तीन तथा उमरान मल्लिकले दुई विकेट लिए । अक्षर पटेलको नाममा एक विकेट रह्यो ।
तीन खेलको सिरिजमा घरेलु टोली १-० ले अघि रहेको छ ।