काठमाडौं । अष्ट्रेलियाले आगामी मार्चमा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भनिएको अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने भएको छ ।
क्रिकेट अष्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दै अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने जानकारी गराएको हो ।
'क्रिकेट अस्ट्रेलिया अफगानिस्तान सहित विश्वभरका महिला र पुरुषहरूको लागि खेलको विकास गर्न सहयोग गर्न प्रतिबद्ध छ,' विज्ञप्तीमा भनिएको छ 'देशमा महिला र बालिकाहरूको लागि सुधारिएको अवस्थाको प्रत्याभुत भएमा अफगानिस्तान क्रिकेट बोर्डसँग साझेदारी जारी रहने छ ।'
अष्ट्रेलिया र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको थियो ।