काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीयको नयाँ वरीयतामा रोहित एक स्थान झरेका छन् । नयाँ वरीयतामा रोहित ८२ औं स्थानमा छन् ।
बलिङतर्फ सन्दीप लामिछानेले ४३ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।