काठमाडौं । न्युजिल्याण्डका ओपनर डेभोन कन्वेको १ सय १ रनको शतकीय ईनिङ खेलेपछि घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ ।
तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याउने क्रममा पाहुना टोलीले घरेलु टोलीलाई ७९ रनले पराजित गरेको हो ।
कराँचीमा भएको खेलमा पाहुना टोलीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४३ ओभरमा १ सय ८२ रनमा अलआउट भयो ।
घरेलु टोलीका लागि कप्तान बाबर अजामले ७९ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ सय १४ बलको समाना गरेर ८ चौका र १ छक्का प्रहार गरे ।
मोहम्मद रिजवान २८ रनमा आउट हुँदा आगा सलमानले २५ रन बनाए । उस्मान मिरले १२ रन बनाउँदा मोहम्मद वासिम र हरिस सोहेलले समान १०/१० रन बनाए ।
पाहुना टोलीका लागि टिम साउदी र ईस सोधीले समान दुई दुई तथा ग्लेन फिलिप्स,मिचेल ब्राकवेल,लकि फर्गुसन र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनायो ।
पाहुना टोलीका लागि ओपनर कन्वे र कप्तान केन विलियम्सले दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे पनि घरेलु टोलीले २ सय ६१ रनमा रोक्न सफल भयो ।
१ सय ८३ रनमा पहिलो विकेट गुमाएको पाहुना टोलीले ७८ रन जोड्दा ८ विकेट गुमायो ।
कन्वेले नसिम शाहको बलमा बोल्ड हुनु अघि १ सय १ रन बनाए । कन्वेले ९२ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान केन विलियम्सले १०० बलमा ८५ रनको अर्धशतकीय ईनिङ खेले ।
मिचेल स्यान्टेनरले अविजित ३७ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
घरेलु टोलीका लागि मोहम्मद नवाजले १० ओभरमा ३८ रन दिएर ४ विकेट लिदाँ नसिम शाहले ४ विकेट लिए । उस्मान मिर र हरिस रउफले समान एक एक विकेट लिए ।
दुई टोली बीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार रहेको छ ।