काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करण नेपाल टी-ट्वान्टी लिगको ईलिमिनेटर खेलमा काठमाडौं नाइट्सको प्लेईङ-११ मा ११ जना नै नेपाली खेलाडीले स्थान बनाएका छन् ।
नेपाल टी-ट्वान्टी लिगको ईतिहासमा नै यो पहिलो पटक भएको हो । पहिलो संस्करण जारी रहँदा यस अघि नै लिग चरणको खेलमा काठमाडौंले नै एक मात्र विदेशी खेलाडी खेलाएर किर्तिमान बनाएको थियो ।
काठमाडौंको टोलीमा रहेका सबै विदेशी खेलाडी आ-आफ्नो देश फर्किएपछि काठमाडौं ११ खेलाडीमा सिमित भएको हो । आजको खेलमा काठमाडौंका लागि बेन्चमा बस्ने अतिरिक्त खेलाडी समेत नहुने भएका छन् ।
विराटनगर भने चार विदेशी खेलाडीको साथ मैदान उत्रिएको छ ।
आजको ईलिमिनेटर खेलमा ले विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ । विराटनगरले ब्याटिङ रोजे पछि काठमाडौंले पहिला बलिङ गर्दैछ ।
ईलिमिनेटरको बिजेताले मंगलबार फाइनलमा पुग्न जनकपुर रोयल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सले जनकपुरलाई ६ रनले पराजित भएको थियो । लुम्बिनी फाईनल पुगिसकेको छ । फाईनल खेल बुधबार हुनेछ ।
दुवै टोलीको प्लेईङ-११
काठमाडौं नाईट्स
ज्ञानेन्द्र मल्ल(कप्तान), लोकेश बम(विकेट किपर), बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी
विराटनगर सुपर किंग्स
रोहित पौडेल(कप्तान),अर्जुन साउद(विकेट किपर),नन्दन यादव,साहव आलम,सुर्य तामाङ,पृथु बास्कोटा,विवेकुमार यादव,हुसेन तलत,गौरान्शु शर्मा,राज नानन र किओन जोसेफ