काठमाडौं । १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल)को तयारीमा टिमहरु लागि रहेका छन् ।
यस बर्ष हुने १६ औं संस्करणको आईपीएल केही नाम चलेका खेलाडीले गुमाउने सम्भावना रहेको छ । टिमलाई ठूलो फरक पार्न सक्ने र यस वर्षको आईपीएल गुमाउने सम्भावनामा रहेका ठूला पाँच खेलाडी यस प्रकार रहेका छन् :
१) रिषभ पन्त

भारतका महत्वपुर्ण खेलाडी रहेका रिषभ पन्त यस पटकको आईपीएलमा देख्न नसकिने सबैभन्दा ठूलो नाम हो । २५ बर्षिय पन्त २०१६ देखि आईपीएलमा देखिदै आईरहेका छन् । यस दौरानमा पन्तले आईपीएलका ९८ खेलमा २८ सय ३८ रन बनाएका छन् । २०२१ बाट आईपीएल टोली दिल्ली क्यापिटल्सका लागि कप्तानी गरेका पन्तले कप्तानी गरेको पहिलो सिजन नै टोलीलाई प्लेअफ सम्म पुर्याएका थिए ।
गत डिसेम्बर ३० मा नयाँ बर्ष मनाउन रुर्की जाने क्रममा दिल्ली–देहरादुन राजमार्गमा पन्तको कार दुर्घटना भएको थियो । उनी अहिले अस्पतालमा भर्ना भएका छन् । आइपीएलको १६ औं संस्करणको सुरुआतसम्ममा उनी पूर्ण फिट हुने सम्भावना निकै कम देखिन्छ । यसकारण उनले आपीएलको यो संस्करण गुमाउने सम्भावना रहेको छ ।
२) मिचेल मार्श

३१ बर्षिय मार्श अष्ट्रेलियाका लागि छोटो फम्र्याटको क्रिकेटका स्टार खेलाडीमा पर्दछन् । मार्शले अष्ट्रेलियाका लागि ४६ टी-ट्वान्टी अन्तराष्ट्रियमा १ हजार ८६ रन बनाउँदा १५ विकेट समेत लिएका छन् ।
मार्श दिल्ली क्यापिटल्समा २०२२ को मेगा अक्सन पश्चात ६.५ भारुमा अनुबन्धित भएका हुन् । गत संस्करणमा आठ खेल मात्र खेलेका मार्शले २ सय ५१ रन बनाउँदा बलिगं भने गरेनन् ।
मार्श पछिल्लो समय बायाँ घुँडाको चोटका कारण समस्यामा रहेका छन् । सोही चोटका कारण उनी सन् २०२२ को सेप्टेम्बरमा भारतविरुद्धको टी–ट्वान्टी सिरिजबाट बाहिरिएका थिए ।
उनको बायाँ घुँडाको सर्जरी गरिएको छ । उनले जारी बिग ब्यास लिग(बीबीएल)मा सहभागी भएका छैनन् । यसकारण मार्शको यस संस्करणको आईपीएल सहभागीतामा शंका नै रहेको छ ।
३) दिपक चहर

भारतका तिव्र गतिका बलर चहरले २४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेर २९ विकेट आफ्नो नाम गरेका छन् । अघिल्लो संस्करणको पूरा आईपीएल चोटका कारण गुमाएका चहरले ६३ आईपीएल खेलमा ५९ विकेट लिएका छन् । २०२२ को केगा अक्सनमा चेन्नाई सुपर किंग्सले १४ करोडमा उनलाई आफ्नो टोलीमा भित्र्याएको थियो ।
चोट निरन्तरता रहेको कारण गत टी-ट्वान्टी विश्वकप २०२२ मा अष्ट्रेलिया गुमाएका चहरको यस संस्करणको आईपीएलमा सहभागीतालाई पनि शंकाका साथ हेरिएको छ ।
४) क्यामरोन ग्रिन

अष्ट्रेलियन अलराउण्डर ग्रिन किर्तिमानी १७.५ करोड भारुमा मुम्बई इण्डियन्सको टोलीमा अनुबन्ध भएका थिए । २३ वर्षिय ग्रिनले ८ टी-ट्वान्टी अन्तराष्ट्रियमा १ सय ३९ रन तथा ५ विकेट लिएका छन् ।
उनले दक्षिण अफ्रिकाविरुद्धक 'बक्सिङ डे' टेस्ट क्रिकेटमा क्रममा हातको औला भाचिएर सिड्नी टेस्ट गुमाएका थिए । यो चोटबाट पूरा निको नहुने सम्भावनाका कारण ग्रिनको १६ औं संस्करणको आईपीएल सहभागीतामा शंका रहेको छ ।
५) फिलिप साल्ट

२६ वर्षिय साल्ट यस संस्करणको आईपीएलका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका छन् । विकेटकिपर ब्याट्सम्यान साल्ट २०२२ नोभेम्बरमा अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका क्रममा हातमा चोट बोककेका थिए ।
साल्टले जारी रहेको बिग ब्यास लिग(बीबीएल) समेत गुमाएका छन् । चोटबाट मुक्त हुन नसके यिनले पनि २०२३ को आईपीएल गुमाउन सक्नेछन् ।