काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको पहिलो क्वालिफायर जितेर फाईनल प्रवेशका गर्नका लागि जनकपुर रोयल्सले लुम्बिनी अल स्टारबाट जितका लागि १ सय ४४ रनको लक्ष्य पाएको छ । ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो ।
लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे । लाहिरु मिलान्थाले १६ रन बनाए ।
जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।
आजको पहिलो क्वालिफायर बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।
यस लिगको समूह चरणको दुई खेलमा एकआपसकाविरुद्ध खेलेका यि टिमहरुले १-१ खेल जितेका छन् ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।