काठमाडौं । फार वेस्टका कप्तान हशमतुल्लाह शाहिदीले लिगमा चौथो अर्धशतकको सहयोगमा फार वेस्टले पोखरा एभेन्जर्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
फार वेस्टका लागि पहिलो विकेटका लागि कप्तान शाहिदी र विनोद भण्डारीले १ सय ३४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा उनीहरुको यो दोस्रो शतकीय साझेदारी हो ।
शाहिदीले ५१ बलमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । उनको यो प्रतियोगितामा चौथो अर्धशतक हो । यो प्रतियोगितामा चौथो अर्धशतक बनाउने उनी पहिलो खेलाडी हुन् ।
उनले १० खेलमा ४ सय रन बनाएर सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
भण्डारीले ४७ बलमा ५९ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । राशिद खानले ४ बलमा १४ रन बनाउँदा करण केसी ११ रनमा अविजित रहे ।
पोखराका लागि अभिमन्यु मिथुनले २ र प्रतिश जिशीले १ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको फार वेस्ट अन्तिम खेलमा जितका साथ प्रतियोगिता समापन गर्न चाहान्छ ।
यदि यस खेलमा फार वेस्ट विजयी भए पोखराको यात्रा पनि समापन हुन्छ । यदी पोखराले जितेमा पहिलो खेलको पराजित टोलीसँग रनरेटमा अघि रहेमा प्लेअफ पुग्नेछ ।
यही संस्करणको पहिलो भेटमा पोखरा तीन विकेटले विजयी भएको थियो । लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
यि दुई टोलीले आईतबार हुने पहिलो क्वालिफायर खेल्नेछन् ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।