काठमाडौं । कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय ईनिङ खेले पछि काठमाडौं नाईट्सलाई पराजित गरि विराटनगर सुपर किंग्स प्लेअफ प्रवेश गरेको छ ।
प्लेअफ प्रवेश गर्ने तेस्रो टोली बन्ने क्रममा विराटनगरले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरका लागि कप्तान रोहित कुमार पौडेलले ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६६ रनको अर्धशतकी ईनिङ खेले ।
रोहितले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतक सहित २ सय ८६ रन बनाएका छन् । रोहित यस प्रतियोगिताको सवार्धिक रनकर्ताको शीर्ष पाँचमा रहेका एक मात्र नेपाली खेलाडी हुन् ।
गौरान्शु शर्माले ४९ बलमा ४ चौका सहयोगमा अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
हुसेन तलत २१ रनमा आउट भए ।
काठमाडौंका लागि भने अबिनाश बोहोराले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
विराटनगरका लागि स्पिनर राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिएपश्चात काठमाडौं १ सय ५४ रनमा समेटियो ।
काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले ३४/३४ रन बनाउँदा सन्दिप रजालीले ३० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले अविजित २२ तथा बसिर अहमद १७ रनमा अविजित रहे ।
विराटनगरका लागि राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले समान १/१ विकेट लिए ।
आजको खेलमा जित हात पारेको विराटनगरले प्लेअफमा स्थान बनाएको छ । पराजित टोली काठमाडौंले भने आजको दोस्रो खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेडबीच खेल हुँदैछ । दोस्रो खेलमा पोखरा विजयी भएमा यस खेलमा पराजित सँग अंक बराबर हुनेछ । रन रेटमा अगाडी हुने टोलीले प्लेअफमा स्थान बनाउँने छ ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको थियो ।
लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।यि दुई टोलीले आईतबार हुने पहिलो क्वालिफायर खेल्नेछन् ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।