काठमाडौं । इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता २०७९ को लागि गण्डकी प्रदेशले पुस २५ र २६ गते प्रदेश स्तरीय छनोट प्रतियोगिता गर्ने भएको छ ।
गण्डकी प्रदेश क्रिकेट संघले पुस २९ गतेदेखि प्रदेश १ को इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप क्रिकेटमा सहभागी गराउन प्रदेशस्तरीय प्रतियोगता गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघ जनाएको छ ।
छनोटमा खेलमा तीन जिल्लाको टिम सहभागि हुने छन् । जसमा नवलपुर, कास्की र स्याङ्जा रहेका छन् । उक्त सबै खेल स्याङ्जाको चापाकोटस्थित गंगालाल खेल मैदानमा हुनेछ ।
प्रधानमन्त्री टी-२० क्रिकेट प्रतियोगिता पुस २८ देखि इटहरको जनता क्रिकेट पार्क ९ मा हुनेछ । यो प्रतियोगितामा ८ टोलीको सहभागि हुनेछन् ।
खेल लिग कप नकआउटको आधारमा संञ्चालन हुने र कुल १८ खेल, ८ टिमलाई २ समूहमा विभाजन गरि समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।