काठमाडौं । जारी नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाईट्सले विराटनगर सुपर किंग्सलाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।
विराटनगरका लागि स्पिनर राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिएपश्चात काठमाडौं १ सय ५४ रनमा समेटियो ।
काठमाडौंले टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले ३४/३४ रन बनाउँदा सन्दिप रजालीले ३० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले अविजित २२ तथा बसिर अहमद १७ रनमा अविजित रहे ।
विराटनगरका लागि राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले समान १/१ विकेट लिए ।
समूह चरणको अन्तिम खेल्न लागेका दुवै टोली जितका साथ प्लेअफमा स्थान बनाउन चाहान्छन् । पराजित टोलीले भने आजको दोस्रो खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको थियो ।
लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।यि दुई टोलीले आईतबार हुने पहिलो क्वालिफायर खेल्नेछन् ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।