काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् । यस संस्करणको प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछ ।
आजको दुई खेलबाट नै यस लिगको प्लेअफ पुग्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ ।
शनिबारको पहिलो खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेलबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
समूह चरणको अन्तिम खेल्न लागेका दुवै टोली जितका साथ प्लेअफमा स्थान बनाउन चाहान्छन् । पराजित टोलीले भने आजको दोस्रो खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको थियो ।
शनिबार नै हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
प्रतियोगिताबाट बाहिरिसकेको फार वेस्ट अन्तिम खेलमा जितका साथ प्रतियोगिता समापन गर्न चाहान्छ ।
यदि यस खेलमा फार वेस्ट विजयी भए पोखराको यात्रा पनि समापन हुन्छ । यदी पोखराले जितेमा पहिलो खेलको पराजित टोलीसँग रनरेटमा अघि रहेमा प्लेअफ पुग्नेछ ।
यही संस्करणको पहिलो भेटमा पोखरा तीन विकेटले विजयी भएको थियो । लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
यि दुई टोलीले आईतबार हुने पहिलो क्वालिफायर खेल्नेछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।