काठमाडौं । विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २ - १ गोल अन्तरले हराएर एपीएफले दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन युवराज लामा र सुदिप शिख्राकारले एक एक गोल गरे । एनआरटीका राजेश परियारले एक गोल गरे ।
एनआरटीविरुद्ध पहिलो हाफमा १ -१ को बराबरी खेलेको एपीएफले दोस्रो हाफमा एक गोल थप्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।
खेलको तेस्रो मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफमा एपीएफले पेनाल्टी प्राप्त गर्यो । एनआरटीका कप्तान प्रविन कुमार शैजुले आफ्नो डिबक्सभित्र युवराज खड्कालाई लडाएपनि पाएको पेनाल्टीमा सुदिपले ७३ औं मिनेटमा गोल गर्दै एपीएफलाई जित दिलाए ।
खेलमा एपीएफका युवराज म्यान अफ दि म्याच चुनिए ।
जितसंगै एपीएफले ६ खेलबाट ७ अंक जोडेको छ । र, एपीएफ लिगको सातौं स्थानमा उक्लिएको छ ।
लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको एनआरटीको यो लगातार पाँचौ हार हो ।