काठमाडौं । चौंथो मेयर कप अन्तर वडा नगद पुरस्कार टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।
ललितपुर महानगरपालिकाको वडा नम्बर-१२ युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २५ गतेबाट पुस ३० गतेसम्म संचालन हुने जनाएको छ ।
मंगलबजारस्थित कोट पाटीमा आयोजना हुने प्रतियोगितामा ललितपुर म.न.पा. जिल्ला भित्रका २९ वडा भित्रका खेलाडीहरुले खेल्न पाउने छन् ।
प्रतियोगितामा ५०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल १३ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए), मेन्स टिम इभेन्ट्स (+४०), मेन्स सिंगल (ए), मेन्स डबल, मेन्स सिंगल (बी), वुमन्स सिंगल, बोइज जुनियर सिंगल (यू-१६), गर्ल्स जुनियर (यू-१६), भेट्रान्स सिंगल्स (+४०), भेट्रान्स सिंगल्स (+५०) भेट्रान्स सिंगल्स (+६०), महिला भेट्रान्स सिंगल्स (+४०), युवा क्लब हक्का सिंगल्सको इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल लागत १६ लाख ५० हजार रहेको छ । जसमा ५ लाख वडा न-१२ बाट तथा ल.पु. म. न.पा. बाट ३ लाख प्रायोजन भएको आयोजकले जनाएको छ ।