काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । विवेक कुमार यादवले २० बलमा अविजित ३५ रन बनाए । अर्जुन साउदले २२ रन बनाउँदा कप्तान रोहित पौडेलले २१ रन बनाए ।
फार वेस्टका लागि उमर अलिले २ तथा करण केसी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए ।
आठ खेलमा तीन जित पाँच हार हात पारेको विराटनगर आजको खेल जितेर प्लेअफको सम्भाबना मजबुत बनाउँन चाहान्छ । आठ खेलमा ६ अंकका साथ विराटनगर अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
आठ खेलमा दुई जित हात पारेको फार वेस्टका लागि प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ । फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा फार वेस्टलाई विराटनगरले ६ विकेटले हराएको थियो । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।