काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ८८ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो ।
फार वेस्टका लागि उमर अलिले ४२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ रन बनाए ।
हसिम अंसारी र भिम सार्कीले समान १७/१७ रन तथा करण केसीले अविजित १२ रन बनाए ।
पोखराका लागि जाहिर खानले ३ तथा तुल बहादुर थापा र अमिर हम्जाले समान २/२ विकेट लिए ।
कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए ।
पाँच खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ ।
पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
चार खेल खेलेर १ जित हात पारेको फार वेस्ट पाँचौ खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।
फार वेस्ट ४ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।