काठमाडौं । अफगानिस्तानको टी-ट्वान्टी अन्तराष्ट्रियको कप्तानमा रशिद खान नियुक्त भएका छन् ।
२०२२ को टी-ट्वान्टी विश्वकप पछि तत्कालिन कप्तान मोहम्मद नाबीले राजिनामा दिएपछि रिक्त रहेको कप्तानको जिम्मेवारी दोस्रो पटक खानलाई दिईएको अफगानिस्तानको क्रिकेट बोर्डले जनाएको छ ।
राशिदले यसअघि २०१९ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म अफगानिस्तानको कप्तानी गरेका थिए । जहाँ उनले टोलीलाई सातमध्ये चार जित दिलाएका थिए ।
सन् २०२१ को आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको पुर्वसन्ध्यामा उनलाई पुनः कप्तान नियुक्त गरिएको थियो तर, प्रतियोगिताको एक महिनाअघि नै उनले राजीनामा दिएका थिए ।
कप्तानमा नियुक्त भएपछि राशिदले भने,'कप्तानी ठूलो जिम्मेवारी हो । मसँग पहिले टिमको नेतृत्व को अनुभव छ, मबाट धेरैलाई अपेक्षा रहेको छ त्सबारेमा मलाई पुरा जानकारी रहेको छ ।'
नयाँ कप्तानका रुपमा राशिदको पहिलो जिम्मेवारी सन् २०२३ को फेब्रुअरीमा युएईविरुद्ध तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजबाट सुरु हुनेछ ।