काठमाडौं । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत दोस्रो टि२० खेलमा हङकङ क्रिकेट क्लबले बिहिबार आयोजक बागमती प्रदेशलाई ११ रनले हराएको छ ।
यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृङ्खला हङकङले २–० ले आफ्नो पक्षमा पारेको हो ।
पहिलो टि-२० खेल हङकङकले ५७ रनले जितेको थियो । यसअघि बागमतीले ४० ओभरको दुई खेलको शृङ्खलामा भने हङकङको टिमलाई २–० ले हराएको थियो ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । घरेलु टिम बागमतीले जवाफमा छ विकेटको क्षतिमा १०२ रन मात्र बनाउ नसक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतकीय पारी खेले । हङकङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिए ।
यसअघि, हङकङका लागि केरीले सर्वाधिक २६ रन बनाए । केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित भए ।
बागमतीकी सोनी पाख्रीनले दुई तथा अस्मिना कर्माचार्य, खुशी डंगोल र विपिसा साहीले एक–एक विकेट लिए ।
हङकङकी केरीले प्रतियोगितामा नै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि जितिन् ।
बागमतकी सोनी ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बन्दा उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।