काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार पाँचौ हार व्यहोरेको छ ।
लगातार पाँचौ हार व्यहोर्ने क्रममा पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले ।
गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए ।
पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो ।
पोखराका लागि अमिर हम्जाले २५ बलमा अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए ।
कप्तान उपुल थरंगा २५ तथा प्रतिश जिशीले अविजित १३ रन बनाए । आसिफ शेख ११ रनमा आउट भए ।
विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम,राज नानन र नन्दन यादवले समान १/१ विकेट लिए।
चार खेल खेलेको विराटनगरले दोस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
पाँच खेल खेलेर अंक विहीन पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
यसै संस्करणको पहिलो भेटमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।