काठमाडौं । गत साता ईण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ लागि मिनी अक्सनमा कोची शहरमा सम्पन्न भईसकेको भएको छ । अक्सनमा रहेका ४ सय ५ जना खेलाडी मध्ये ७७ खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् ।
यस अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य पाएका छन् । टी-ट्वान्टी विश्वकप विजेता इंग्ल्याण्डका कुरनलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा अनुबन्धित भए ।
चेन्नाई १५ संस्करणको आईपीएल सम्पन्न हँदा दुई संस्करण बाहेक १३ संस्करणमा सहभागी रहेको छ । ११ पटक किर्तिमानी रुपमा आईपीएलको प्लेअफ सम्म स्थान बनाएको छ ।
चेन्नाईले २०२३ को १६ औं संस्करणका लागि भएको अक्सनमा २ विदेशी सहित ७ खेलाडीको खरिद गरेको छ । उसको २५ खेलाडीको कोटा समेत पुरा भएको छ ।
१६ औं संस्करणको आईपीएलमा च्याम्पियन बन्ने लक्ष्य लिएको चेन्नाईको बलियो प्लेईङ११ यसप्रकारको रहेको छ :
चेन्नाईको ओपनरमा रितुराज गायकवाड र विदेशी खेलाडी डेभोन कन्वे रहेका छन् ।

गायकवाड उदमान तथा प्रतिभावान् भारतीय ओपनरमा गनिन्छन् । २०२१ को संस्करणमा ६ ३५ रनका साथ गायकवाडले ओरेन्ज क्याप जितेका थिए ।
अर्का ओपनरका रुपमा रहेका कन्वे न्युजिल्याण्डका ओपनर हुन् । कन्वेले गत संस्करणको आईपीएलमा २ सय ५२ रन बनाएका थिए । 
चेन्नाईको तेस्रो स्थानमा मोईन अलिको स्थान रहन सक्छ । ३५ बर्षिय इंग्ल्याण्डका अलराउण्डर अलिले २५ आईपीएल खेलमा ६ सय २ रन तथा १४ विकेट लिएका छन् ।

चेन्नाई चौथो स्थानमा अम्बादी राईडुले मौका पाउने सम्भावना रहेको छ । २०२२ को संस्करणमा राईडुले लगभग २५ को औसतमा रन बनाएका थिए ।
चेन्नाईको पाँचौ स्थानमा बेन स्टोक्सले मौका पाउनेछन् । इंग्ल्याण्ड टेस्ट टोलीको कप्तान समेत रहेका स्टोक्सले पारिवारिक कारण गत बर्षको संस्करण गुमाएका थिए ।

२०२३ को संस्करणका लागि भएको अक्सन तेस्रो सर्वाधिक रकम पाएका स्टोक्स १६.२५ करोडमा चेन्नाईमा अनुबन्ध भएका हुन् ।
चेन्नाईको छैठौं नम्बरको ब्याटिङमा कप्तान महेन्द्रसिंह धोनीको सम्भावना रहेको छ । धोनीले हालसम्म २ सय ३४ आईपीएल खेलमा ४ हजार ९ सय ७८ रन बनाएका छन् ।
चेन्नाईको सातौं स्थानमा रविन्द्र जडेजाको स्थान रहनेछ । जडेजाले हालसम्म २ सय १० आईपीएल खेलमा २५ सय २ रन तथा १ सय ३२ विकेट लिएका छन् ।

आठौं र नवौं स्थानमा शिभम दुबे तथा दिपक चहरको सम्भावना रहेको छ ।


दशौं स्थानमा गत संस्करण मात्र आईपीएल डेब्यु गरेर राम्रो प्रभाव बनाउन सफल मुकेश चौधरीको सम्भावना रहेको छ।

एघारौं स्थानमा श्रीलंकाका खेलाडी महेश तिक्षणाको सम्भावना रहेको छ ।
