काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले आफ्नो १०० औं टेस्ट खेलमा दोहोरो शतक बनाएका छन् ।
मेलबर्नमा दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्टमा मंगलबार वार्नरले दोहोरो शतक बनाएका हुन् ।
रिटायर्ड हर्ट भएका वार्नरले २ सय ५४ बलमा २०० रन पूरा गरेका हुन् ।
वार्नर आफ्नो १०० औं टेस्टमा दोहोरो शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।
यस अघि इंग्ल्यान्डका जोय रुटले आफ्नो १०० औं टेस्टमा दोहोरो शतक पूरा गरेका थिए ।

वार्नर १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो अष्ट्रेलियन समेत बनेका छन् ।
उनी १०० औं टेस्टमा शतक बनाउने भने दशौँ खेलाडी हुन् ।