काठमाडौं । राजधानीमा आजबाट सुरु नेपाल टी-ट्वान्टी लिगको दोस्रो खेलमा लुम्बिनी अल स्टारले फार वेस्टर्न युनाईटेडलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकिय ईनिङ खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनमा आउट भए ।
फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३/३ विकेट लिए ।
आज नै भएको उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।
यस लिगको बिजेताले ५५ लाख तथा उपबिजेताले ३० लाख पाउने छ । प्रतियोगिताको फाईनल खेल आगामी २७ गते हुनेछ ।
पहिलो संस्करणको यस प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।