काठमाडौं । नेपाल टी-ट्वान्टी लिग प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा विकेट गुमाएर १ सय ६२ रन बनायो ।
काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रनको योगदान गरे ।
यस्तै सुनाम गौतम अविजित २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए ।
यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।
शनिबारबाट पहिलो संस्करणको फ्रेन्चाईज क्रिकेट नेपाल ट्वान्टी लिगको सुरुवात भएको हो ।
पर्याप्त तयारी बिनै सुरु भएको फ्रेन्चाइज प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानको महत्वकाक्षी कार्यक्रम हो ।
यस कार्यक्रमको कमर्सियल पार्टनरको रुपमा भारतको सेभेन थ्री स्पोर्टस रहेको छ ।