काठमाडौं । नेपाल टी ट्वान्टी लिग आज (शनिबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा काठमाडौं किग्स र पोखरा एभेन्जर्स मैदान उत्रिएका छन् ।
बिहान भएको टसमा पोखराले टस जितेर फिल्डिङमा उत्रने निर्णय गरेको छ ।
पोखरा शरद भेषवाकरको नेतृत्वमा मैदानमा छ । काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।
पर्याप्त तयारी बिनै सुरु भएको फ्रेन्चाइज प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानको महत्वकाक्षी कार्यक्रम हो ।
यस कार्यक्रमको कमर्सियल पार्टनरको रुपमा भारतको सेभेन थ्री स्पोर्टस रहेको छ ।