काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज उद्घाटन हुदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको हो । लिगको उद्घाटन दिन दुई खेल आयोजना हुदैछ ।
उद्घाटन खेलमा काठमाडौ नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।
आज नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।