काठमाडौं । ईण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा समाप्त भएको छ । ४ सय ५ जना खेलाडी मध्ये ७७ खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् ।
यस अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य पाएका छन् । टी-ट्वान्टी विश्वकप विजेता इंग्ल्याण्डका कुरनलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा अनुबन्धित भए ।
२०२२ को टी-ट्वान्टी विश्वकप जिताउदा प्लेयर अफ दि टुर्नामेन्ट बनेका अलराउन्डर कुरनलाई किन्न अक्सनमा विभिन्न टोलीहरु अक्सनमा उत्रिएपछि पछि इतिहासकै महँगो मूल्य पाएका हुन् । यस पटक अक्सनमा १५ करोड माथी मूल्य पाउने चार मध्ये दुई इंग्ल्यान्डकै खेलाडी छन् ।
२०२३ आइपिएल अक्सनमा १५ करोड मूल्यमा बिक्ने तीन खेलाडी यस प्रकार छन् :
४) निकोलस पुरन( (१६ करोड भारु)

वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोड भारुमा किन्यो । सनराइजर्स हैदराबादले फुकुवा गरेको आक्रामक ब्याटर पुरनले २ करोड न्यूनतम मूल्य राखेका थिए ।
वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । पुरनले वेस्टइन्डिजबाट ५२ एकदिवसीय अन्तराष्ट्रिय र ७२ टि-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
३) बेन स्टोक्स(१६.२५ करोड )

इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६.२५ करोड भारुमा अनुबन्ध गरेको छ ।
न्यूनतम मूल्य २ करोड राखेका स्टोक्सले स्टोक्सले गतवर्ष आइपिएल खेलेनन् । स्टोक्सले ४३ आइैपीएल खेलमा २ शतकसहित ९ सय २० रन बनाउदा २८ विकेट लिएका छन् ।
२) क्यामरन ग्रीन( १७.५० करोड भारु)

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीनलाई पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले १७.५० करोड भारुमा अनुबन्ध गरेको छ । ग्रीनले आइपीएल इतिहासमा सर्वाधिक मूल्य पाउने दोस्रो खेलाडी हुन् ।
ग्रीनको अनुबन्धले मुम्बईको टोली सन्तुलित समेत बन्ने छ ।
१) साम करन – (१८.५० करोड भारु)

इंग्ल्यान्डका युवा अलराउन्डर साम करन आइपीएल इतिहासकै सर्वाधिक महँगो मूल्य १८.५० करोड भारुमा पन्जाब फर्किएका छन्।
यस अघि अक्सनमा सर्वाधिक मूल्य २०२१ मा दक्षिण अफ्रिका क्रिस मोरिस थिए । मोरिसलाई राजस्थान रोयल्सले १६.२५ करोडमा किनेको थियो ।