काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर साम कुरन इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी बन्दा उनको आफ्ना दाजु टोम कुरन भने अनसोल्ड भएका छन् ।
साम कुरान १८.५० करोडमा पन्जाब किंग्समा आबद्ध भएका छन् । टोम कुरन भने बिकेनन् ।
साम कुरनले इंग्ल्यान्डलाई टि-ट्वान्टी विश्वकप जिताउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए ।
१६ औं संस्करणको आइपिएल अक्सनमा करन इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी बनेका छन् । । साम करनले अक्सनमा २ करोड भारु न्यूनतम मूल्य राखेका थिए ।
सामले २०२२को टी-ट्वान्टी विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए । सामलाई आ आफ्नो टोलीमा अनुबन्ध गराउँन फ्रेन्चाइज टोलीबीच कडा प्रतिस्पर्धाको रहेको थियो ।