काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता नेपालमा एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
यस्तै विश्वभर एससिक्सरले प्रत्यक्ष प्रशारणको जिम्मा पाएको छ । भारतमा युरो स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलि शनिबारबाट सुरु हुँदैछ ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।
पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारको सहभागिता रहेको छ ।
क्यानले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने छन् ।
शनिबार नै लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।