काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर साम करन भारुमा १८.५० करोडमा पंजाब किंग्समा आबद्ध भएका छन् ।
करनले इंग्ल्यान्डलाई टि-ट्वान्टी विश्वकप जिताउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए ।
१६ औं संस्करणको आइपिएल अक्सनमा करन इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी बनेका छन् । । साम करनले अक्सनमा २ करोड भारु न्यूनतम मूल्य राखेका थिए ।
करनले २०२२को टी-ट्वान्टी विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए । करनलाई आ आफ्नो टोलीमा अनुबन्ध गराउँन फ्रेन्चाइज टोलीबीच कडा प्रतिस्पर्धाको रहेको थियो ।
इंग्ल्यान्डका अनुभवी ब्याटर जो रुट तथा दक्षिण अफ्रिका ब्याटर राइली रोसोउ पनि अनसोल्ड भएका छन् ।
चेन्नई सुपर किंग्सले अजिक्या रहाणेलाई न्यूनतम मूल्य ५० लाखमा किनेको छ । भारतीय ओपनर मयंक अग्रवाल ८ करोड २५ लाख भारुमा हैदराबाद पुगेका छन् ।